कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासबाट ग्रसित धनगढी ३ का ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राती मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।