काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृद्येश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप समयमा नै नेपालमा ल्याउने दाबी गरेका छन् ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप ल्याउन विभिन्न देशसँग राजनीतिक एवं कुटनीतिक प्रक्रिया अघि बढिसकेको उनले बताए ।

खोप ल्याउने प्रक्रिया पारदर्शी हुने भन्दै मन्त्री त्रिपाठीले खोप अभियानको रुपमा निःशुल्क वितरण हुने पनि जानकारी दिए ।