काठमाडौँ । चीनले आइतबार विश्वका लागी फाइदाजनक हुने निकै महत्त्वपूर्ण काम गरेको छ । अर्थात् विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञको टोलीलाई कोरोना भाइरसको जाँच तथा भाइरसको फैलावट अनुसन्धान गर्नका लागि प्रवेश गर्ने अनुमति दिएको छ । 


चीनले निकै महिनाको नाइनास्ति पछि हिजो डब्लुएचओ विज्ञहरूलाई भाइरसको उत्पत्ति सम्बन्धमा छानबिन गर्ने स्वीकृत दिएको हो । 

यही सन्दर्भमा चीनको खिलाफ अमेरिका लगायताका देशहरूले बारम्बार प्रश्न उठाएको थियो । यद्यपि चीनले केवल डब्ल्यूएचओ टिमलाई अनुमोदन गरेको छ। चीनले अझै पनि डब्ल्यूएचओ बाहेकका स्वतन्त्र विज्ञहरूलाई अनुसन्धान गर्ने अनुमोदन गरेको छैन । भने उक्त  डब्ल्यूएचओ टोलीमा  अमेरिका र युरोपका विज्ञहरू पनि सामेल छन्।