काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो । पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।