काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको उजुरी परेपछि शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गायक प्रमोद खरेलले आफ्नो गीतको प्रतिलिपी अधिकारको दुरुपयोग भएको भन्दै परिसरमा उजुरी दिएका थिए ।