काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएपनि निर्वाचन गर्ने घोषणा भने संवैधानिक भएको बताएका छन् ।

मंगलबार  नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद् भंग गर्ने अधिकार नदिएकाले ओलीको निर्णय अवैधानिक तर निर्वाचन गर्ने घोषणा संवैधानिक भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्चले छिटो निर्णय गर्नुपर्ने तथा देशका लागी प्रतिनिधि सभा आवश्यकता भएको बताउँदै निधिले प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन भनी दुई विकल्प समेत पेस गरेका थिए ।