काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा बादलले आगामी वैशाखमा हुने निर्वाचनका लागी तयारी गर्ने तथा सुरक्षाका योजनाहरू बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । 

गृहमन्त्री थापाले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउन समेत अनुरोध गरेका छन् । 

उनले भने, फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्,  तपाईँहरूलाई कुनै चुनौती आए गृह मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ ।