नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्ध कुहेको फर्सी भएको भन्दै दिएको प्रतिक्रियामा आपत्ति जनाएका छन् ।

गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले जनयुद्धमा पूर्व माओवादी नेताहरु केपी शर्मा ओली नेतृत्वको समूहमा गएको देखेर आफूलाई लाज लागेको समेत बताएका छन्।

उनले उक्त, ‘भेलामा माओवादी जनयुद्धले नेपालमा राजनीतिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो। संविधान निर्माण संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्यो भन्ने अहिले पनि छ, उनले भने, अहिले त्यसविरुद्ध बोल्दा केही साथीहरु पनि त्यहीँ हुनुहुन्छ। उहाँहरुलाई तपाईँहरुले पनि सोध्नुहोला के माओवादी जनयुद्ध कुहेको फर्सी हो ?