काठमाडौं । साताको तेश्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । पछिल्लो ४ दिन लगातार नयाँ रेकर्ड बनाउदै आएको नेप्से सूचकले मंगलबार पनि २८ अंकले बढेर अलटाइम हाइको नयाँ रेकर्ड बनाएको हो।

जसका कारण अन्तिमसम्ममा नेप्से मापन गर्ने सूचक २८.३१ अंकले बढेर परिसूचक २२६७.७३ बिन्दुमा रोकिएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी हो । पछिल्लो समयमा सेयर बजारले दैनिक रुपमा आफ्नो नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।

आजको दिन २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ट्रेडिङ समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहको उपसूचकमा निकै नै सुधार देखिएको छ ।