
काठमाडौं । विभाजित नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफ्नो भएको जिकिर गरेका छन् । उनले सूर्य चिन्ह खोसिए नेपालमा आँधीहुरी आउने चेतावनी समेत दिएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने बताए ।
‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन । विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०५ छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिनुस् ।’ उनले भने ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्