काठमाडौं । भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ । अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ । 

भारत सरकारले कृषि सम्बन्धित तीनवटा कानून ल्याएपछि भारतभरका कृषकहरू आन्दोलनमा उत्रिएका थिए । कृषकहरूले सरकारले ल्याएका कानूनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यसको फैसला सर्वोच्च अदालतले आज गरेको हो । 

अदालतले केन्द्र सरकारले बिना छलफल कृषि कानून ल्याएको जनाएको छ । 

कृषि कानूनविरुद्ध भारतका कृषकहरू एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् । भारत सरकारले कृषकसँग गरेको विभिन्न चरणका छलफलहरू निष्कर्षमा पुग्न सकेका थिएनन् । 

सरकारले कानून कार्यन्वयनमा रोक नलगाएपछि सर्वोच्च अदालतले आज रोक लगाएको हो ।