काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखेको छ । मंगलबार हेर्न नभ्याइएपछि सो रिटका लागि ११ माघमा अर्को पेसी तोकिएको छ ।

मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासले ११ माघका लागि पेसी सारेको हो ।

मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु लोकेन्द्रबहादुर वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए।

संसद् विघटनपछि सरकार काम चलाउमा परिणत भएको रिट निवेदकको दाबी छ । आज निवेदकका तर्फबाट वरिष्ठ अभिवक्ता शम्भु थापा, डा। चन्द्रकान्त ज्ञवाली र रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

सर्वोच्चले २० पुसमा संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण सात दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको थियो ।