• सायद विश्वको इतिहासमा २०२० मात्रै यस्तो वर्ष होला, जुन बेला पन्छीहरू खुला आकाशमा उडिरहेका थिए त्यति बेला मानिसहरू भने लकडाउन नामक पिँजडामा कोचिएका थिए ।
  • २०२० सबैभन्दा तातो वर्ष भयो । जुन आफैँमा निराशाजनक छ । विश्वव्यापी अर्थतन्त्र अवरुद्ध भएपछि पनि हामीले ग्लोबल वार्मिंग मोर्चामा केही हासिल गर्न नसकेकोमा विश्वकै वातावरणविद्हरू चिन्तित देखिन थालेका छन् ।
  • सबैभन्दा ठुलो कुरा त यस बखतमा अस्ट्रेलिया, अमेरिका तथा विश्वमा लागेका कयौँ जंगली आगोले आर्कटिक क्षेत्रमा धेरै सक्रियता देखायो।

काठमाडौँ । विश्वमा कोरोना कहरको भयानक स्थिति, लाखौँ संक्रमित थपिनु, भ्याक्सिन नआउने डर जस्ता कुराले गर्दा विश्व घरमा थुनियो। अर्थात् विश्वका तमाम देशहरू लकडाउनमा गए । चाहे ती विकसित युरोपका देश हुन्, चाहे अफ्रिका या(त) एसिया । चारै तिर तालाबन्दी भयो । सधैँ भाग दौड र कामको जप गरिरहने मानव जाति २०२० मा भने केहि फुर्सदको सास फेर्न पाए । सायद विश्वको इतिहासमा २०२० मात्रै यस्तो वर्ष होला, जुन बेला पन्छीहरू खुला आकाशमा उडिरहेका थिए त्यति बेला मानिसहरू भने लकडाउन नामक पिँजडामा कोचिएका थिए ।

अझ महत्त्वपूर्ण कुरा २०२० मा कोरोना भाइरसले त्यस्तो त्रास सिर्जना गर्‍यो जसले मानव समाजका सबै पाङ्गा्रहरु एकाएक रोकिए ।

लकडाउनका कारण मानिसको काम बन्द भयो, हवाईजहाज, कार, मोटर्स आदिका कारखानाहरू बन्द भए। यसको नतिजा आकाश सफा भयो, हावामा प्रदूषणको मात्रा तल झर्दै गयो, नदीहरूमा कम ढल मिसियो । र मानिस बाहेक अरू सबै जनावरहरूले शान्तिपूर्वक सूकूनको सास फेर्ने पाए ।

२०२० : सबैभन्दा तातो वर्ष

यो अवस्था वर्षको तीन चौथाइ हिस्सामा व्याप्त रहेको थियो । जसको कारण यस वर्षलाई आदर्श मानिनु निष्कर्ष स्वाभाविक थियो। किनभने २०२० मा कार्बन उत्सर्जनमा कमी आई कम ग्लोबल वार्मिंग भएको थियो ।

तर यो अनुमानको ठिक विपरीत, २०२० सबैभन्दा तातो वर्ष भयो । जुन आफैँमा निराशाजनक छ । विश्वव्यापी अर्थतन्त्र अवरुद्ध भएपछि पनि हामीले ग्लोबल वार्मिंग मोर्चामा केही हासिल गर्न नसकेकोमा विश्वकै वातावरणविद्हरू चिन्तित देखिन थालेका छन् ।

सन् २०२० र २०१६ लाई विश्वको इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा मानिएको छ । सबैभन्दा पहिले २०१६ ‘अल नीनो’ प्रभावको लागि चर्चामा थियो जसले वातावरणमा तातो वृद्धि गर्दछ। यसको ठिक विपरीत, २०२० मा ‘ला नीना’ प्रभाव देखा पर्‍यो, जुन अल नीनो जस्तो नभई संसारमा ठन्डा गर्ने परिघटना निम्त्याउन सक्छ।

ग्लोबल वार्मिंगको प्रक्रियालाई यो स्थितिमा ल्याउन मानव समाज प्रत्यक्ष रूपमा संलग्न भएको यसबाट पनि स्पष्ट हुन्छ । तर अब ग्लोबल वार्मिंगको समस्या यति जटिल भएको छ कि चाहेर पनि हामी यसलाई सिधा नियन्त्रण गर्न सक्दैनौँ।

मानव समाजको आचरण

त्यस्ता ग्रह स्तरका समस्याहरूको सामना गर्न मानव समाजको आचरण आवश्यक मानिँदै थियो । कयौँ अमेरिका युरोप तथा एसियाकै देशहरूले पनि वातावरणको समस्यालाई जटिल रूपमा हेरि पछिल्ला केहि वर्षहरूमा सजग देखिएका थिए । यसको बाबजुद पनि परिस्थिति झनै नराम्रो हुँदै गएको छ।

आर्कटिक र उत्तरी साइबेरियाका केही अंशमा यस वर्ष तापमानको ठुलो उतारचढाव देखिएको छ। पश्चिमी साइबेरिया क्षेत्रमा चिसो र वसन्त पनि अप्राकृतिक रूपमा तातो भएका छन्।

सबैभन्दा ठुलो कुरा त यस बखतमा अस्ट्रेलिया, अमेरिका तथा विश्वमा लागेका कयौँ जंगली आगोले आर्कटिक क्षेत्रमा धेरै सक्रियता देखायो। आर्कटिक सर्कल र उत्तरी ध्रुवको बिचको जंगलमा २०२० मा २४४ मेगाटन कार्बन डाइअक्साइड जारी भयो । जुन २०१९ को भन्दा ३३ प्रतिशतले बढी हो ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि अहिले यहाँ जाडो मौसम चलिरहेको छ । तर पोहोर परारको जस्तो चिसो नभएको हामीले सहज रूपमा अनुमान लगाउन सक्छौँ । केहि दिन अघि मात्रै राजधानी काठमाडौँ, वीरगन्ज, नेपालगन्ज लगायतका सहरहरूमा अत्यधिक वायु प्रदूषण भई सरकारले बिहान हिँड्न प्रतिबन्ध नै लगाएको थियो । भने काठमाडौँ त विश्वको सबैभन्दा बढी वायु प्रदूषण हुने सहरहरूमध्ये नम्बर १ मै पुगेको थियो ।

कस्तो होला २०२१ को विश्व वातावरण ?

वास्तवमा, विश्वव्यापी वातावरण परिवर्तन हुने क्रममा २०२१ को पनि वातावरण सामान्य हुन नसकिने अनुमान गर्न सकिन्छ । किनभने अहिले हिमालय परिवर्तन भइरहेका छन् । हिमनदीहरूको पग्लिने क्रम निरन्तर जारी छ । विश्वको अर्थतन्त्र पुन : चलायमान हुनका लागी नयाँ कलकारखाना, उद्योग लगायत खुल्दै छन् । अमेरिका, अफ्रिका, बेलायत लगायतका स्थानहरूमा कोरोनाको नयाँ प्रकारको भाइरसले दस्तक दिइरहेको छ । जसको फलस्वरूप २०२१ वातावरणको स्वच्छताको लागी कुनै हातमा पनि उपकारी वर्ष हुने छैन भन्ने वातावरणविद्को भनाइ छ ।

मौसम परिवर्तन र हिमनदीहरूको पग्लने क्रमले त अझ , २०२१ पनि तातो वर्षहरूको सूचीमा समावेश हुन्छ भन्ने पक्का प्रमाण पेस गर्दै आएको छ । युरोपमा पनि वर्षौँ पिछे तातो बढ्दै आएको छ ।

२०२० मा टुक्रिएको तापमानको रेकर्ड

युरोपियन युनियनको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ का अनुसार युरोपमा गत वर्षको तापमानले ०.४ डिग्री सेल्सियसको वृद्धि को साथ २०१९ को तापमानको रेकर्ड तोडेको छ । विश्वको तापमानमा वृद्धि ग्रिन हाउसमा ग्यासको उत्सर्जनको कारण भएको हो । जसमध्ये सबैभन्दा प्रमुख कार्बन डाइअक्साइड हो।

तथ्यांकका अनुसार २०२० पूर्व औद्योगिक काल १८५० देखी १९०० को तापक्रमभन्दा १.९५ सेन्टिग्रेड अधिक तातो वर्ष थियो ।

समग्रमा, यसको अर्थ  पर्यावरणको विनाशतिर अग्रसर मानव सभ्यताको चरणहरू ब्रेक गर्ने क्षमता पनि हामीसँग छैन। वातावरण सुधारका लागि अन्तिम क्षणलाई  पर्खनु आत्मघाती हुनेछ।  हामीले अबदेखि ग्लोबल वार्मिंगको गतिलाई कम गर्न हरेक सम्भव प्रयासहरू जारी राख्नुपर्नेछ । 

ताकि हाम्रो ग्रहको असन्तुलित वातावरणले यस शताब्दीको अन्त हुनु अघि नै यसको सन्तुलन फेरि प्राप्त गर्न सकोस्।

हामीले फालेका साना प्लास्टिकका खोल देखी ढल, धुवाँ धुलोलाई नियन्त्रण गर्ने विश्व नै अग्रसर हुन जरुरी छ । अन्ततः हामीले हाम्रो सभ्यतामा परिवर्तन गर्ने जरुरी छ, जसले गर्दा वातावरण स्वच्छ  हरियाली रहन सकोस् ।