काठमाडौँ। ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत  पौडीकी गौरीका सिंहले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन्  ।

मंगलबारल लितपुरको सातदोबाटोमा  भएको अवार्ड कार्यक्रममा गौरीका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।

उनले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड चुमेकी हुन । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा उनले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।