तनहुँ । अख्तियारको टोलीले तनहुँमा एक प्रहरी हवल्दारलाई घूस रकमसहित  नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घूस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरी हवल्दार भण्डारीले विभिन्न बहाना बनाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस मागिरहेको सूचनाका आधारमा टोलीले नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी गराएका छन् ।