काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमहरू जी न्युज र डब्लुआइओएनलाई अन्तरवार्ता दिए पछि सामाजिक सञ्जालमा उनको चर्चा खुबै चुलिएको छ । प्रतिनिधि सभा विघटनपछि गुमाएका उनका आम समर्थक र सञ्जालमा उनलाई मायाले “ओली बा ” भन्नेहरू पुन:उनका तारिफ गर्न लागेका छन् । कारण उनले अन्तरवार्ताका क्रममा देखाएको राष्ट्रियता र तथ्यवर्धक कुराहरू । 


उनले भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी र डब्लुआइओएनकि पाल्की शर्मालाई पुस २७ गते दिएका विशेष अन्तरवार्तामा  नेपालले छिमेकी मुलुकहरू भारत र चीनबिच कुनै कार्ड नखेल्ने स्पष्ट पर्दै दुवै देशसँग सन्तुलित र तटस्थ नीति लिएको बताएका थिए ।

नेपाल र भारत भूगोल र जनसङ्ख्याको आकारमा ठुलो सानो भएपनि सार्वभौम राष्ट्रको हैसियतमा दुवै देश बराबर भएको र सार्वभौमसत्ता सम्पन्न दुई देशका प्रधानमन्त्रीको हैसियत बराबरी भएको उल्लेख गरेका थिए । 

यसैबीच भारतीय च्यानलमा दिएको अन्तरवार्ता पश्चात् उनको लोकप्रियता सञ्जालमा केहि मात्रामा भएपनि बढेको छ । प्रधानमन्त्रीका समर्थकहरू उनको वाहवाहिमा झन् सक्रियता देखाएका छन् ।

सञ्जालमा वैशाखमा हुने मध्यावधि चुनावमा समेत ओलीले नै जित्नु पर्ने समेत नारा  लाग्न थाली सकेका छन् ।  यही सन्दर्भमा सञ्जालमा प्रयोगकर्ताले ओलीको अन्तरवार्ता पछि लेखेका केहि झलकहरू यस्ता छन् :-