काठमाडौँँ। प्रधानमन्त्री केपी शर्मा ओलीसंंगको अन्तर्वार्ता लिन आएका भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालको राष्ट्रियता प्रती नै प्रहार हुने पुनः एक रिपोर्ट पनि बनाएर फर्किएका छन् । जी न्युजमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता पछि अर्का एक भिडिओ रिपोर्ट पनि प्रसारण गरिएको छ । जसमा सम्पादक चौधरीले सगरमाथाको फेदमा पुगेर भारतले सगरमाथा दाबी गर्नुपर्ने किटान गरेका छन् । यति मात्रै नभई उनले सगरमाथाको नामनै परिवर्तन गरेर  ‘राधानाथ सिकदर’ राख्नु पर्ने समेत बताएका छन् ।

उक्त प्रस्तुत गरेको भिडियोमा चौधरीले काठमाडौँँ देखि सगरमाथा हेलिकप्टरमा सवार भइ रिपोर्ट तयारी गर्ने क्रममा कहिँ पनि नेपालको नाम समेत उच्चारण गरेका छैनन् ।

चौधरीका अनुसार सगरमाथाको उचाई जर्ज एभरेष्टले नभई राधानाथ सिकदरले पहिलोपटक नापेका थिए । भने एभरेष्टल सगरमाथामा आएका समेत थिएनन् ।

उक्त भिडियोमा उनले राधानाथ सिक्दरलाई याद गर्दै भनेका छन्,” भारतीयहरुले पनि सगरमाथामाथी दुनियाँमाको अगाडी दाबी गर्नु पर्छ ।

हेर्नुहोस् रिपोर्ट :-