काठमाडौंं । प्रतिनिधि सभा विघटन विरुद्धका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतद्वारा गठित संवैधानिक इजलासमा न्यायाधीश  हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई हेरेफेर गरिएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई नै विपरीत पारेर दर्ता गरिएको मुद्दामा पछिल्लोपटक ओलीकै  महान्यायधिवक्ता रहेका कार्की सुनुवाइमा बस्न नहुने प्रश्न उठेपछि कार्कीले उक्त मुद्दा  नहेर्ने निर्णय गरेका थिए ।

सोहीकारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मल्लका अतिरिक्त न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी समेत थपेर नयाँ संंवैधानिक इजलास गठन गरेका छन् ।