
एजेन्सी। स्पेनिस ला लिगामा मंगलबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड ले सेभियामाथि २–० को जित निकालेको छ । यससंंगैै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ ।

घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा पहिलो र दोस्रो हाफमा एन्जल कोरेय र साउल निग्वेजले गोल गरेका थिए । खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो ।

भने खेलको दोश्रो हाफको ७६औं मिनेटमा सउल निग्वेजले गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाएका थिए ।
सेभियाले भने खेल आफ्नो पकडमा पार्ने नसक्दा हार बेहोर्नु परेको थियोे ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्