एजेन्सी । मंगलबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड ले बर्नलेलाई १–० ले हराएको छ । यससंंगै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ ।

टर्फ मुरमा भएको खेलमा युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बनेको थियो ।

निकै अवसर खेर फालिसकेको तथा प्रतिस्पर्धात्मक बनेको खेलमा ७१औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाएका थिए ।

साथै शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ । पराजित बर्नले १६ अंकसहित १६औं स्थानमा छ ।