काठमाडौं ।  बुधबार अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा  भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।

ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।

शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४ छन्त्यालरुखमा दुर्घटना भएको हो। 

घाइते ९ जनालाई  उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए।