काठमाडौंं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ थालनी भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा बुधबार बिहान संवैधानिक इजलास पुनर्गठन गरेको थियोे । प्रधानन्यायाधीश राणाले हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए। तर कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि अर्का न्यायाधीशलाई सपना प्रधान मल्ललाई राखेर संवैधानिक इजलास पुनर्गठन हुन्।

यसअघि न्यायाधीशमाथि विभिन्न प्रश्न उठेकोकाराण न्यायाधीश हरिकृष्ण कार्की को ठाउँ सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा परिवर्तन गरेको थियोे ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहद् पूर्ण इजलासमा हुने भन्ने टुंगो पनि आज लाग्ने भएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलाई विपक्षी बनाई दर्ता भएको मुद्दाका पेसि संवैधानिक इजलासबाहेक बृहद् पूर्ण इजलास गठनको माग हुँदै आएका छन् ।

बुधबार भइरहेको सुनुवाइमा पनि बृहद् पूर्ण इजलास गठनको माग दोहोर्‍याउने तयारीमा अधिबक्ताहरु रहेका छन् । यस्तो इजलास गठन गर्नुपरे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित ११ जनाभन्दा बढी न्यायाधीश संलग्न गर्दै ‘बेन्च’ तोक्ने सम्भावना हुन्छ ।