फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निलम्बनमा परेका छन् ।

युट्युबले ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो ।  ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइने जनाएको छ । यद्यपी, ट्रम्पको च्यानलबाट अपलोड गरिएका कुन भिडियोले युट्युबको नीति उल्लंघन गर्‍यो भनेर खुलाइएको छैन । 

यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो । त्यस्तै, फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् ।

अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकहरुले गत साता हिंसात्मक प्रदर्शन गरेपछि उनीमािथ धमाधम प्रतिबन्ध लाग्न थालेको हो ।