एजेन्सी । विश्वमा कोरोना संंक्रमितको संख्या १९.९ करोड भन्दा बढी नाघेको छ । ६ करोड ८० लाख भन्दा बढी मानिसहरु निको भएका छन्। भने हालसम्म १९ लाख ६८ हजार भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् ।

नेदरल्याण्डमा लकडाउन बढ्यो

नेदरल्याण्ड्स सरकारले हाल मुलुकमा लागु गरिएको प्रतिबन्धहरुमा सहजता नभएको भन्दै यसलाई नहटाउने घोषणा गरेको छ ।

त्यहाँको सरकारले व्यक्तिको व्यवहार सख्त गर्नुपर्ने बताएको छ। सोही कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता जारी गरेर र लकडाउनलाई तीन हप्तामा विस्तार गरेको छ। सरकारले एक विज्ञप्तिमा भन्यो – सबैलाई थाहा छ कि हामीसँग अर्को कुनै मार्ग छैन। संक्रमण कम हुँदैछ। कोरोनाभाइरसको नयाँ संस्करण पनि देशमा फेला परेको छ। हामी यस बारे बढी चिन्तित छौं ।

सरकारले हामीसँग अर्को कुनै मार्ग नभएको र संक्रमण पनि कम नभएको, कोरोनाभाइरसको नयाँ संस्करण पनि देशमा फेला परेको हुँदा बढी चिन्तित भएको बताएको छ ।