
काठमाडौं । मंगलवार विश्वमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।
मंगलवार कोरोना भाइरसबाट विश्वभर १५ हजार ७३२ जनाको मृत्यु भएको हो । त्यस्तै मंगलवार मात्रै विश्वमा ६लाख ६४ हजार ८६० जनालाई संक्रमण भएको छ ।
अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण १९ लाख ७० हजार १९९ जनाको मृत्यु भएको छ भने ९ करोड २० लाख १६ हजार १२५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ६ करोड ५८ लाख ५१ हजार ३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १० हजार ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्