काठमाडौंं । यहि नोभेम्बरमा सम्पन्न निर्वाचनमा अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेनले जनवरी २० मा पदको सपथ लिदैँँ छन् । तर विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाजस्तो देशको सपथ समारोहमा हिंसाको खतरा मडारिने डर भएको छ।

सोही कारण त्यहाँको संघीय ब्यूरो अनुसन्धान (एफबीआई) ले देशभर हाइ अलर्ट सुरक्षा जारी गरेको छ । एफबीआईका अनुसार ट्रम्प समर्थकहरूले वासिङ्टन डीसी र अन्य ५० राज्यहरूमा हिंसा फैलाउन सक्छन्। त्यसकारण राष्ट्रिय राजधानी अर्थात वासिङ्टन डीसी र राज्यका राजधानीहरुलाई सतर्क हुन भनिएको छ।

त्यहाँ सैन्य नेशनल स्क्वाड र विशेष सुरक्षा एजेन्सी टीम खटाईएको छ।

वासिङ्टन डिसिमा नेशनल गार्ड तैनाथ

सेनाको विशेष इकाई, नेशनल गार्डहरू जनवरी ६ मा अमेरिकाको राजधानीमा खटाइएको थियो। यस दिन डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद भित्र र बाहिर हिंसा गरेका थिए । उक्त घटनामा एक पुलिस अधिकारी र एक महिला सहित कुल ५ जना मारिए।

त्यसैले पनि, सुरक्षा एजेन्सीहरू २० जनवरीमा शपथ लिनु अघि कुनै जोखिम लिन चाहँदैनन्। लाखौं मानिसहरू उद्घाटनको दिनमा भेला हुने छन् । यद्यपि यस पटक कोभिड १९ को कारण यो संख्या एकदम कम हुनेछ।

एफबीआईले ट्रम्प समर्थकको समूहले हिंसा फैलाउन सक्ने सूचना प्राप्त गरेको हुँदा प्रतिवेदनमा राष्ट्रपति इलेक्ट बाइडेनको सुरक्षा पनि बढाइएको छ। उपराष्ट्रपति इलेक्ट कमला ह्यारिस र प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीलाई पनि धम्की दिइएको छ ।

सोहीकारण अमेरिकाको राजधानीका केही स्थानहरूमा १७ देखि २० जनवरीसम्म सिल गर्ने निर्णय गरिएको छ ।