काठमाडौं । लाल गद्धार भन्दै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ।

सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो। भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो।