
काठमाडौंं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनमाथि सुनुवाइ जारी छ । बहसका क्रममा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरकाे एकल इजलासको आदेशले बहसलाई बाँधेको उल्लेख गरेका छन् । उनले बहसका क्रममा भने, ‘श्रीमानको आदेशले बाँध्यो । यो आदेश नै मिलेको छैन, श्रीमान् !
यहि पुष ८ मा प्रधानन्यायाधीश जबराको एकल इजलासले धारा ७६ र ८५ को गम्भीर संवैधानिक व्याख्या आवश्यक परेकाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियाे ।
त्यही आधारमा वरिष्ठ अधिकक्ता उप्रेतीले सुनुवाइको क्रममा भने, ‘ती धाराको मात्र व्याख्या आवश्यक छैन । यससम्बन्धी अन्य धाराको पनि व्याख्या चाहिएको छ । अनि जुन गम्भीर संवैधानिक व्याख्याको प्रश्न छ त्यो किन आवश्यक छ ? आदेशमा उल्लेख छैन । यो आदेश नै मिलेको छैन श्रीमान् ।’
साथै उनले बृहत् पूर्ण इजलासमा जानुपर्ने पनि माग राखेका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्