काठमाडौँ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् ।

शाक्यले भनिन् , ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दु:ख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?,’ 

साथै उनले ओली समूहको काठमाडौं जिल्ला कमिटीको भेलामा शाक्यले ओलीको प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको भन्दै अब आन्दोलन नसेलाउने समेत उल्लेख गरेकी छिन् ।

उनले ‘काठमाडौं तात्दै तात्दैन, तातेपछि सेलाउँदैन । ओलीको प्रतिगमनविरुद्ध काठमाडौं तातिसक्यो अब परिवर्तन भएर छाड्छ’ भन्ने अभिव्यक्ति दिएकी छिन् ।