काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड–माधव इतर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर संंकेत गर्दै केही नेताहरु पछिल्लो समय पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको आरोप लगाएका छन् ।

प्रचण्ड-नेपाल समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले हतरपतरमा पार्टी एकता नगरेको समेत बताएका छन् ।

साथै उनले पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको समेत दाबी गरेका छन् । भने उनले फुट आएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गरेका छन् ।