काठमाडौँँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ‘ल’ क्याम्पस जान आग्रह गरेका छन् । 

बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई “प्रधानमन्त्रीज्यु संविधान पढ्न नेपाल ल क्याम्पस जानु भनेका हुन् ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका विधार्थीहरुले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम बताएका थिए । भने सर्वोच्च अदालतले संंसद् पुन: स्थापना नगरेमा विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने खोज्ने बताएका छन् ।