काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्बाच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको बहस नसकिएपछी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेबारे बहस भएको मुद्दा टुंगो लागेको छैन ।  

सोहीकारण प्रधानमन्त्री र राष्ट्रपति कार्यलयलाई विपक्षी बनाएर दर्ता भएका एक दर्जन मुद्दाको सुनुवाइ शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने निवेदनप्रति सरकारी पक्षका असहमत भएका थिए ।

त्यस्तै बुधबार बिहान सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा नहेर्न भनेपछि सपना प्रधान मल्ललाई राखी संवैधानिक इजलास पुन:गर्ठन गरेका थिए  । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी पनि छन् ।