काठमाडौंं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार देशभरका ४१५४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

देशभर पाँचको मृत्यु

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। 

काठमाडौंंमा २ सय ४६ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार आज  काठमाडौंमा १८९ , ललितपुरमा ३८  र भक्तपुरमा १९ जनालाई  कोरोना संक्रमण देखिएको छ।