काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्न खोजेका नेविसंघमा आवद्ध विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको हत्या गरेको भन्दै उनीहरुले कपाल मुण्डन गरेर सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए ।

विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघका दर्जनभन्दा बढी विद्यार्थी पक्राउ परेको बताइएको छ ।