
काठमाडौं । प्रधानमन्त्री समेत रहेका विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्र पठाएका छन् । करिब ११ पृष्ठ लामो सो पत्रमा ओलीले प्रचण्ड-नेपाल समूहको कडा आलोचना गरेका छन् ।
प्रचण्ड-नेपाल समूहले पार्टीको महाधिवेशनमा पराजित भएका माधव नेपाललाई पार्टीको अध्यक्ष बनाइएकोमा ओलीले कडा आपत्ति जनाएका छन् । निर्वाचन आयोगमा पार्टीको अध्यक्षबाट आफुलाई हटाइएको कुरा औचित्यहीन भएको पत्रमा उल्लेख छ ।
पत्रमा ओलीले भनेका छन्, ‘महाधिवेशनमा पराजित भएका नेपाललाई कथित केन्द्रीय कमिटीले अध्यक्ष बनाउन सक्दैन ।’ साथै ओलीले पार्टी नफुटेकोले पार्टीको आधिकारिक अध्यक्ष आफु नै भएको उल्लेख गरेका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्