काठमाडौँँ । फटाफट आए, के रैछ भनेर झाकेँँ ! यताउती हेरे जस्तो गरे…! कुरो बुजे । फुत्त निस्किए । यी व्यक्ति हुन् – हाम्रो देशको छिमेकी मुलुक भारतका एक टिभी च्यानल संंचालन गरेर गुजारा गर्ने “सुधीर चौधरी” नामक एक सम्पादक ।

अक्सर चौधरीलाई उनकै देशमा पनि विवादित पत्रकार भनेर चिन्छ्न् । उनी स्वयममा एक विवादका पर्यायवाची र भारेतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुतका रुपमा चिनिन्छ्न् ।

त्यही पत्रकार नेपालमा प्रतिनिधिसभा विघटन भएपछिको नेपालको उथलपुथल र यहाँको गरम स्थितिलाई अबलोकन गर्ने केही दिन अघि नेपाल आए ।

उनी नेपाल आएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीसंंग प्रधानमन्त्री निवास बालुवाटारमै गएर हिन्दी भाषामा अन्तर्वार्ता लिए । उनको कडा प्रश्नको प्रधानमन्त्री ओलीले यति मिलाएर उत्तर दिएकी त्यो अन्तर्वार्ता पछि प्रतिनिधिसभा विघटनले गुमाएका उनका समर्थक पुनः प्राप्त गरे । सञ्जालमा ओलीको तथ्य र तर्कको प्रशंसा हुन लागे । ओलीले चौधरीलाई दिएको उत्तरले पक्कै पनि आम नागरिकप्रती राष्ट्रियताको भावना जागेको थियो ।

तर ओलीले उत्पन्न गराएको सकारात्मकताको राष्ट्रियता रातारात तीनै चौधरीको कारणले नकारात्मकतामा बदलियो । कारण उनको अर्को विवादित र हेपाइपुर्ण “सगरमाथा” भारतले पनि दाबी गर्नुपर्छ भन्ने भिडिओ रिपोर्ट ।

उनले मंंगलबार प्रसारण भएको उक्त रिपोर्टमा ‘पिस टु क्यामेरा’मा सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गरिनुपर्ने र त्यसको अभियान नै चलाउने समेत उल्लेख गरेका छन् ।

जसपश्चात् सामाजिक सञ्जाल तरङ्गित बनेको छ । विभिन्न दलका नेतादेखी सर्वसाधारण समेतले सञ्जालमा उक्त दाबीलाई खण्डन गरेका छन् ।

त्यसै सन्दर्भमा राप्रपाका अध्यक्ष कमल थापा लेख्छन् :-

सगरमाथा सम्वन्धि एक भारतीय पत्रकारको टिप्पणी हावादारी,उडन्ते र अनुपयुक्त छ।”

सर्बसाधारण यस्तो भन्छन् :-