काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको बैठकले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । समितिको बुधबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो ।

जसअनुसार लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंका कृष्णकुमार महत, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका गोविन्दकुमार साह, जिल्ला प्रहरी कार्यालय सिरहाका उमाशंकर पन्जियार, प्रहरी प्रधान कार्यालय युएन जगेडाका अर्जुनचन्द ठकुरी, जिल्ला प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका सुरेन्द्र प्रसाद मैनाली बढुवा सिफारिसमा परेका छन् । 

त्यसैगरी, महानगरीय प्रहरी पहरा गण सामाखुसी, काठमाडौंका कृष्णहरि शर्मा पोखरेल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जका चक्रबहादुर सिंह, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका दिल्लीराज पन्त, जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्सालका मधुसुदन लुइँटेल र मोहनप्रसाद पोख्रेल बढुवा सिफारिसमा परेका छन् । 

बढुवाका लागि सिफारिस भएका नामहरु: