काठमाडौंं । भारतीय टिभी च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बनाएको भिडियो रिपोर्ट पछिका नेपालीहरुको टिप्पणी र आशंंकालाई प्रष्ट पार्दै “भूगोलका आधारमा सगरमाथा जहाँ छ, त्यही रहन्छ, केवल नाम मात्रै परिवर्तन गर्ने हो” भनेर खण्डन गरेका छन् ।

चौधरीले बिना अनुमती नेपालको सगरमाथा क्षेत्रमा प्रवेश गरि “सगरमाथा” को नाम नै परिवर्तन गर्नुपर्छ भन्ने विवादस्पद भिडियो रिपोर्ट सार्बजनिक गरेपछि उक्त च्यानलको नेपाल का मिडियादेखि सामाजिक संंजालभर चौतर्फी आलोचना भइरहेको छ ।

बुधबार चौधरीले नयाँपत्रिका आजै छापिएको उनको रिपोर्टको टुक्रालाई हातमा लिदैँ ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन भनेका छन् । उनले सरकारहरु आउँछन् र जान्छन् तर दुई देशबीचको नागरिकको सम्बन्धमा सधैं सुमधुर रहनु पर्ने जिकिर गरेका छन् ।

उनले सगरमाथाको लोकेसन कसैले बदल्न नसक्ने बताउँदै नेपालका दर्शकलाई निराश बनाउन नचाहेको उल्लेख गरेका छन् । यद्यपि यति भन्दाभन्दै पनि उनले सगरमाथालाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले चिनिनु पर्ने अडान कायमै राखेका छन् ।

उनले भारत बेलायतीबाट स्वतन्त्र भएपनि सगरमाथा अझै बन्धकमै भएको जिकिर गर्दै सोही बन्धनबाट छुटाई भारतीय गणितज्ञ राधानाथ सिकदरलाई त्यसको न्याय दिनु पर्ने उल्लेख समेत गरेका छन् ।

यति मात्रै नभई चौधरीले त आफ्नो च्यानल मार्फत् ट्विटरमा #Indiaformtsikdar अभियानको थालनी समेत गरिसकेका छन् ।

भिडियो हेर्नुहोस् :-