एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेलाई २-१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि सुपर कप हात पारेको छ । यससंंगै पिएसजीले कीर्तिमानी कायम गर्दै १० औं पटक फ्रेन्च सुपर कप च्याम्पियन बनेको छ ।

पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । भने खेलको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।