
एजेन्सी। इटालीयन च्याम्पियन युभेन्टस सिरी ‘ए’ प्रतिद्धन्द्धी जिनोआमाथि ३-२ लेे पराजित गर्दै कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा निर्धारण गरेको हो । युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरेका थिए । भने जिनोआका लागि लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै डिजान कुलुसेभ्स्कीले जर्जियो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । भने २३औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० को अग्रता दिलाएका थिए ।

त्यस्तै २८औं मिनेटमा लेननार्ट सिबोराले इडोआर्डाे गोल्डानिगाको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । भने ७४औं मिनेटमा फिलिपो मेलेगोनीले गोल गर्दै खेललाई निर्धारित समयमा २–२ गोलको बराबरीमा ल्याए ।
निर्धारित समयको थप गरिएको १५औं मिनेटमा अर्थात १०५औं मिनेटमा हम्जा राफियाले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्