काठमाडौं । विघटित नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनुसार उनीहरुले देउवालाई केन्द्रदेखि प्रदेशसम्मै सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।

स्रोतले भन्यो, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव छ ।’

भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए । पछिल्ला बिभिन्न कार्यक्रममा देउवाले कांग्रेस निर्वाचनमा जाने उल्लेख गर्दै आएका छन् ।

दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन्  ।

देउवाले यो विषयमा आफुले पार्टीमा सल्लाह गर्ने बताएका छन् ।