
- हालसम्म विश्वमा ९.२७ करोड भन्दा बढी कोरोना संक्रमित भएका छन् । १९.८५ लाखको मृत्यु भइसकेको छ । भने ६.६२ करोड स्वस्थ भएको छन् ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का १० टोली बिहीबार चीन पुगेका छन् । उक्त टोलीले विश्वमा सबैभन्दा पहिला कोरोनाभाइरस उत्पन्न भएको स्थान वुहानमा अनुसन्धान गर्ने छ ।
चीनबाटै गत वर्षदेखि फैलिएको कोरोना भाइरसको हालसम्म नियन्त्रण हुन सकेको छैन । अमेरिकाले भाइरस चीनको आफ्नो प्रयोगशालामा सम्पूर्ण विश्वलाई संंकटमा पार्न विकसित गरिएको आरोप लगाउँदै आएको छ ।
यसैबीच, कोरोना महामारीको पासोमा चिन पुनः पर्ने लागेको संंकेत देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनवरी १२ मा संक्रमणको १०० भन्दा बढी नयाँ घटनाहरू भएको बताएको छ। यी केसमध्ये १०७ स्थानिय संक्रमणको हो। भने बाँकी बाहिरी देशबाट आएका हुन्।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्