काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

यद्यपि बैठकका एजेण्डाबारे भने जानकारी दिइएको छैन । पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।

बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।