एजेन्सी । अमेरिकामा, संघीय अनुसन्धान ब्यूरो (एफबीआई) कट्टरपन्थी हिंसा फैलिन सक्ने कारण ५० राज्यकै प्रहरी प्रमुखहरुलाई बुलेटिन जारी गरिएको छ।

जसमा २० जनवरीमा राष्ट्रपति इलेक्ट जो बाइडेनको सपथ ग्रहण समारोहमा सामूहिक हिंसाको खतरा रहेको बताएको छ। अमेरिकाको सबैभन्दा ठूलो खोजी एजेन्सीले बुलेटिनमा २० जनवरी भन्दा अघि उच्च सतर्क (हाइ अलर्ट) रहन आदेश दिएको छ ।

लगातार बैठक पछिको निर्णय

न्यु योर्क टाइम्सको रिपोर्टका अनुसार एफबीआईका निर्देशक क्रिस्टोफर भ्यारी र होमल्याण्ड सिक्योरिटी केनेथ कुस्नेल्लीले बुधबार लामो बैठक गरे। त्यसको लगत्तै,अन्य गुप्तचर एजेन्सीहरूका प्रमुखहरूले पनि ती दुई अधिकारीहरूलाई भेटे। साँझ त्यहाँ फेरि बैठक भयो र त्यसको लगत्तै एफबीआईले उच्च सतर्कता अपनाउने बुलेटिन जारी गर्‍यो। सुरक्षा र खोजी एजेन्सीहरूका लागि सबैभन्दा ठूलो खतरा न्यूयोर्क र वाशिंगटन डीसीको रहेको छ ।

हिंसाको सम्भावना बढ्दै

प्रतिनिधि सभाले बुधबार राती राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग प्रस्तावलाई अनुमोदन गरेको छ। यद्यपि यसले धेरै अर्थ राखदैन। किनभने डेमोक्र्याटको सभामा बहुमत छ। तर, महाभियोगको निर्णय सिनेटमा हुनेछ। र त्यहाँ पनि डेमोक्र्याट बहुमतमा छन्। अर्थात् डेमोक्र्याट दुई तिहाई बहुमत प्राप्त गर्न सक्षम छन् या छैनन् त्यहि आंशका गरिएको छ ।

तर कट्टरपन्थीहरू र ट्रम्प समर्थक यस अभ्याससँग अत्यन्त रिसाएका छन्। उनीहरुले नै ६ जनवरीमा क्यापिटोल हिल्समा हिसांं गरेका थिए ।

साथै सीएनएनले एफबीआई स्रोतलाई उद्धृत गर्दै रिपब्लिकन पार्टीको सरकार र गभर्नरहरू रहेका राज्यहरूमा खतरा बढी भएको उल्लेख गरेको छ।