एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार अक्सर भारतीय मिडियादेखी नेपाल लगायत अन्तराष्ट्रिय स्तरमा समेत चर्चामा रहन्छन्। उनका एक वर्षमा आउने दर्जनौं चलचित्रदेखि फिटनेससम्म मानिसहरुमाझ प्रशंसामा बाँधिन्छ ।

उनै भारतीय खेलाडि अक्षयलाई यस वर्ष फोर्ब्सले विश्वमै सबैभन्दा धेरै कमाउने शीर्ष १०० सेलिब्रेटीहरूको सूचीमा सामेल गरेको छ । भारतीय एजेन्सीहरुकमा अनुसार सबैभन्दा बढी कामइ गर्ने विश्वका सेलीब्रेटि मध्ये अक्षयको नाम शिर्ष ५२ स्थानमा छ । जब कोरोनाले गर्दा सारा मानिसहरु गरिब बन्दै थिए । अक्षयको भने सम्पत्तिमा वृद्धि भइरहेको थियो । उनले कारोनाकाल अर्थात् २०२० मा ४८.५ मिलियन डलर कमाइ गरेका छन् । जुन भारतिय मूल्य ३५६ करोड हुन्छ ।

२०२० अगस्टमा पनि फोर्ब्सले विश्वको सबैभन्दा धनी कलाकारहरूको सूची जारी गरेको थियो, जसमा अक्षय कुमार चौथो स्थानमा थिए। अक्षय एक मात्र भारतीय हुन् जसको नाम यस सूचीमा समावेश छ।

यो जानेर तपाईं छक्क पर्नुहुनेछ, कि अक्षय कुमारलाई उनको आगामी फिल्म ‘अतरंगी रे’ को लागि १२० करोड दिइएको छ । अक्षय केवल बलिउडबाट मात्र होइन अन्य आयबाट पनि पैसा कमाउँछन्।

अक्षयले खेल्ने भारतीय सरकारको विज्ञापन तथा आफ्ना व्यवसायले पनि उनलाई फोब्र्समा स्थान दिन मद्धत गरेका छन् ।

यसका अलावा टाइम अफ इण्डियाका अनुसार अक्षय कुमार बलिउडमा एक मात्र अभिनेता हुन् जसले सर्वाधिक कर तिर्छन्। पछिल्लो ६ वर्षदेखि अक्षयले भारतीय सरकारलाई १९ करोड रूपैयाँ दिने गरिरहेका छन्। उनले कोरोना अवधिमा २० करोड रूपैयाँ पनि सहयोग गरेका थिए ।