
एजेन्सी । एक अद्भुत अन्तरिक्ष मिसन अन्तर्गत एक भारतीय रेस्टुरेन्ट मालिकले ब्रिटेनको बाथमा समोसा अन्तरिक्षमा पठाएका छन् । तर समोसा मिसनमा पुग्नु अघि नै फ्रान्समा क्र्यास अवतरण गर्यो ।
भारतीय रेस्टुरेन्ट ‘चाइवालाु’ले मिसनको तीन प्रयासमा सफलता हात पारी विश्वको ध्यान खिच्न सफल भएका छन् ।
अन्तरिक्षको उडानमा भारतीय समोसा
अन्तरिक्ष मिसन रेस्टुरेन्टको मालिक नीरज गेशरद्वारा शुरू गरिएको थियो। उनले हिलियम बेलुनको प्रयोग आफ्नो योजना सफल बनाउनको लागि गरे। नीरजले समोसालाई बक्समा प्याक गरे र हिलियम बेलुनको साथ बाँधिदिए।
उक्त बेलुनमा उनले गो प्रो क्यामरा र जिपिएस जडान गरिदिए । जसले उक्त बेलुन कहाँ पुग्यो भन्ने ट्र्याक गर्दथ्यो । उनले भारतीय मिडियालाई पहिलो प्रयासमा बेलुन हातबाट चिप्लिएको, दोस्रो चोटि धेरै हिलियम पर्याप्त नभएको, तर तेस्रो पटक भने डेलिभरी गरेको बताएका छन् ।
अन्तरिक्षमा समोसा मिसनको लागि उनले भने, ‘मैले एक पटक समोसालाई अन्तरिक्षमा पठाउँछु भन्ने ठट्टा गरे ।’ तर मैले यही कुरालाई साँच्चै गरेर देखाउँछु भन्ने सोचे ।
भिडियो सोसल मिडियामा भाइरल
गदरले सम्पूर्ण मिसनको भिडियो पनि सोसल मिडियामा सेयर गरेका छन्। यसमा, उनी साथीहरूसँग अन्तरिक्षमा समोसाको लन्चिङ गरेको देख्न सकिन्छ।
यद्यपि रेस्टुरेन्ट मालिक समोसाको अन्तरिक्ष यात्रा पुरै ट्र्याक गर्न चाहेका थिए ।
तर जिपिएसमा प्रारम्भिक प्राविधिक गल्तीको कारण सम्पर्क टुट्यो र समोसा प्याकेज फ्रान्समा खसालियो। उक्त समोसाको अन्तरिक्षमा पठाइएको भिडियो सोसल मिडियामा धेरै भाइरल भइरहेको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्