काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अबदेखि पुनः नन-कोभिडका बिरामीको उपचार समेत गर्ने भएको छ।

यो अस्पताल नेपालमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने मुख्य अस्पताल हो।

अस्पतालले आउँदो आइतबारदेखि नन-कोभिड सेवा सञ्चालन गर्ने जानकारी दिएको छ। 

नेपालमा पहिलोपटक कोरोना संक्रमितको उपचार गरेको टेकु अस्पतालले संक्रमित बढ्दै गएपछि अस्पतालमा आउने अन्य सरुवा रोगका बिरामीको उपचार नगरी कोरोना संक्रमितको मात्रै उपचार गर्दै आएको थियो।