काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योगको महत्व बढ्दै गएको बताएका छन् ।

Image may contain: 1 person

छैठौं राष्ट्रिय योग दिवसका अवसरमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानसिक रुपमा स्वस्थ रहनाका लागि योग असाधारण रुपमा उपयोगी भएको बताए ।

Image may contain: one or more people

उनले, योग दर्शनहरुको सृष्टि र प्रारम्भ हो भन्नु हुदै योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेकोे समेत स्पष्ट पारे ।प्रधानमन्त्रीले कोरोना जस्ता महामारीमा समेत रोगहरुसँग लड्न योग महत्वपूर्ण हुने बताएका छन् ।

Image may contain: 2 people, people on stage

त्यस अवसरमा योग अभ्यास समेत गरिएको थियो । समारोहमा शिक्षा तथा विज्ञान प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, योगका गुरुहरु, उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

Image may contain: 1 person
Image may contain: one or more people, people sitting and outdoor
Image may contain: one or more people, people on stage and people standing
Image may contain: 1 person, sitting and outdoor
Image may contain: 1 person, sitting and outdoor
Image may contain: one or more people and people on stage
Image may contain: one or more people and people sitting