काठमाडौं । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई यहाँको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । साथै १८ बिलियन जरिवाना तोकिएको छ ।

घुस तथा भ्रष्टाचार काण्डमा यही बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर भएको थियो ।

२०१३ देखि २०१६ को बीचमा सामसङ सहित कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो । उनले देशका जासूस प्रमुखहरुमार्फत ती कम्पनीहरुबाट घुस लिने गरेको खुलासा भएको हो ।

दक्षिण कोरियामा भ्रष्टचार अभियोगबाट पदमुक्त हुने पार्क पहिलो दक्षिण कोरियाली निर्वाचित राष्ट्रपति हुन् । ६८ वर्षीया ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् । यद्यपि ग्युनले आफूले गल्ती नगरेको दावी गर्दैआएकी थिइन्। तर यही बिहीबारको सर्वोच्च अदालतको फैसलामा भने उनी उपस्थित भइनन् ।

एजेन्सी