काठमाडौं । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् । त्यस्तै गरी घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे,  २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् ।

जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ ।